Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडौँ- अमेरिकी राष्ट्रपति बाराक ओबामाले नेपालमा उत्पन्न प्राकृतिक प्रकोपको प्रभावको स्थितिमा राहत र पुनःस्थापनाका लागि आवश्यक सहयोग गर्न तयार रहेको सन्देश दिनुभएको छ ।

मध्य तथा दक्षिण एसियाका लागि अमेरिकी सहायकमन्त्री निशा विश्वाल देसाइँले आज प्रधानमन्त्री सुशील कोइरालासँग भेटी सो सन्देश सुनाउनुभएको हो । भेटपछि प्रधानन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा दिनेश भट्टराईले पत्रकारहरुलाई सहायकमन्त्री देसाइँले दुःखको अवस्थामा नेपालको प्राथमिकतामा रहेर राहत, पुनःस्थापना र पुनःनिर्माणका लागि सहयोग गर्न तयार रहेको बताउनुभएको जानकारी दिनुभयो ।

देसाइँले अबको निर्माणलाई कसरी बलियो बनाउने भन्नेबारेमा आफूसँग भएका अनुभवका आधारमा सहयोग गर्ने र यस काममा नेपाललाई सफलता मिलोस् भनी कामना गर्नुभएको थियो । भेटमा नेपालका लागि अमेरिकी राजदूत पिटर डब्लु बोडी पनि उपस्थित हुनुहुन्थ्यो ।

तपाईको प्रतिक्रिया