Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडौँ- भूकम्पपीडितको खोज तथा उद्धारका लागि दोलखाको सुनखानी क्षेत्रमा मङ्गलबार परिचालन भइरहेकैे अवस्थामा हराइरहेको अमेरिकी मारिन क्रप्सको ‘युएच–वान वाइ हुई’ हेलिकप्टर आज सिन्धुपाल्चोकको घोरथली गाविसमा फेला परेको छ ।

नेपाली सेनाको पैदल फौजले दुर्घटनाग्रस्त अवस्थामा सो हेलिकप्टर फेला पारेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । उक्त हेलिकप्टर खोजीका लागि नेपाली सेनाको पैदल फौजले त्यस ठाउँमा दुर्घटना भएको जानकारी पाएपछि सेनाकै दुई हेलिकप्टर त्यस क्षेत्रमा पठाइएको थियो । ती हेलिकप्टरले कालिञ्चोक डाँडाको उत्तरपूर्वी दिशातर्फ करिब ११ हजार २०० फिट उचाइमा रहेको घोरथलीमा दुर्घटनाग्रस्त अवस्थामा फेला पारेका थिए । सो हेलिकप्टरमा नेपाली सेनाका दुई र विदेशी छ जना सवार थिए ।

उक्त दुर्घटनाग्रस्त इलाकामा नेपाली सेनाको पैदल फौज र मौसम अनुकूल भएमा हवाई साधन पठाइने तथा घटनाको थप विवरण प्राप्त हुनासाथ पुनः जानकारी गराइने निर्देशनालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया