Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडौँ- प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा नेपालको व्यापारिक घराना आइसिटिसी ग्रुप अफ कम्पनीजले रु एक करोड सहयोग गरेको छ ।

बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा आइसिटिसी ग्रुप अफ कम्पनीजका अध्यक्ष दिनेशलाल श्रेष्ठले सो रकमको चेक प्रधानमन्त्री सुशील कोइरालालाई हस्तान्तरण गर्नुभएको थियो । सहयोग हस्तान्तरण कार्यक्रममा वन तथा भूसंरक्षणमन्त्री महेश आचार्यको पनि उपस्थिति थियो । सो सहयोग रकम हस्तान्तरण कार्यक्रममा आइसिटिसी ग्रुप अफ कम्पनीजका वेभरेज एन्ड कञ्जुमर प्रोडक्टतर्फका हाइल्यान्ड डिस्टिलरीका प्रबन्ध निर्देशक सविनलाल श्रेष्ठ, ग्रुपको जलविद्युत् विभागतर्फ सोलु हाइड्रोपावर कम्पनीका निर्देशक एवम् कम्पनीका व्यवसाय प्रवद्र्धन विभागका प्रबन्धक डिजे श्रेष्ठलगायतको सहभागिता थियो ।

प्रधानमन्त्री सुशील कोइरालाले मुलुकमा विपद् परेको समयमा उदार हृदयले सहयोग गरेर आइसिटिसी ग्रुपले उदाहरणीय काम गरेको बताउनुभएको थियो । सो अवसरमा आइसिटिसीका अध्यक्ष श्रेष्ठले देशलाई आवश्यकता पर्दा सघाउनु व्यवसायीहरुको धर्म भएको बताउनुभएको थियो ।

तपाईको प्रतिक्रिया