Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

गैंडाकोट – नवलपरासीको सुनवलस्थित ज्यामिरेमा टिप्पर र माइक्रोबस एक आपसमा ठोक्किँदा तीन जनाको मृत्यु भएको छ । Np 1
पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको लु १ ख ८४७५ नम्बरको टिप्पर र बुटवलतर्फ जांदै गरेको लु १ ख ३८७४ नम्बरको माइक्रो बस एक आपस जुध्दा सवारी दुर्घटना भएको हो ।
दुर्घटनामा २ महिला र १ पुरुषको मृत्यु भएको इलाका प्रहरी कार्यालय सुनवलका प्रहरी निरीक्षक प्रकाश दाहालले जानकारी दिए । प्रहरीका अनुसार मृतकको उपचारको क्रममा लुम्बिनी अञ्चल अस्पताल बुटवलमा मृत्यु भएको हो । मृतकको सनाखत हुन सकेको छैन । NP
घटनामा अन्य २२ जना घाइते भएका छन् । घाइते मध्ये ३ जनाको अवस्था गम्भीर रहेको छ । १९ जनाको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जानकारी दिएको छ । ***

तपाईको प्रतिक्रिया