Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाण्डाै-मंगलबारदेखि सम्पर्कविहीन भएको अमेरिकन सेनाका मरिन हेलिकोप्टर बुधबार एकाएक देखा परेको छ । भूकम्पपश्चात दोलखामा उद्धारका लागि गएको विमान सम्पर्क बाहिर भएपछि मंगलबार जिल्ला प्रहरी कार्यालयले त्यसबारे जानकारी गराएको थियो । अमेरिकन हेलिकोप्टर यसरी देखिदै हराउँदै गर्न थालेपछि धेरैले यसको गतिविधिमाथि पनि आशंका गर्न थालेका छन् । यो मरिन हेलिकोप्टर कहाँ हराएको थिए र रातभर कता कता पुग्यो भन्नेबारेमा थाहा हुन सकेको छैन । अमेरिकन विमानले चिनियाँ सीमा क्षेत्रमा जासुसी गरेको हो कि भन्ने शंका पनि गरिएको छ । अमेरिकी सेनाको मरिन हेलिकप्टर यूएच वान वाई होयु मंगलबार अपराहन्नदेखि सम्पर्कविहीन भएको थियो । दोलखामा बाक्लो तुवाँलो लागेका कारण उक्त हेलिकोप्टर त्यतै हराएको पनि हुनसक्ने बताइएको थियो । उक्त हेलिकोप्टरमा चालक दलका सदस्यसहित ८ जना सवार रहेको बताइएको छ । त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार, भीई जिरो वान कल साइन भएको यो हेलिकप्टर बिहान ९ बजेर १७ मिनेटमा काठमाडौंबाट उडेको थियो । साथै ११ बजेर ३७ मिनेटमा काठमाडौं फर्किएको थियो । त्यसपछि हेलिकप्टर फेरि कति बज्यो उड्यो भन्नेबारे त्रिभुवन अन्तराष्टिय विमानस्थललाई थाहा नभएको बताइएको छ । विमानस्थल उच्च स्रोतका अनुसार, दिउँसो २ बजे उक्त हेलिकप्टरले चरिकोटबाट ‘सर्किट’ रिपोर्ट गरेको थाहा भएको छ ।***

तपाईको प्रतिक्रिया