Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडौं– गैरआवासीय नेपाली संघ (एनआरएन) थाइल्याण्डले भूकम्पपीडितका लागि ३० लाख नगद र ६ टन राहत सामाग्री नेपाल पठाएको छ ।

एनआरएन थाइल्याण्डले विज्ञप्ती जारी गर्दै ३० लाख नगदसहित अत्यावश्यक औषधि, त्रिपाल, खाद्यान्य, स्लिपिङ ब्याग, म्याट्रेस, मेडिकल उपकरण, अस्थायी शौचालय, बच्चाको लागि खानेकुरा र पिउने पानी संकलन गरेर पठाएको हो ।

संकलन गरिएको ४२ लाखमध्ये ३० लाख र ६ टन राहत सामाग्री पठाइएको हो । राहत रकम एनआरएनको भूकम्प पीडित राहत कोषमा अध्यक्ष खगेन्द्रराज ढकालले जम्मा गर्नुभएको हो ।

तपाईको प्रतिक्रिया