Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

साउथ अफ्रिका- जोहेन्सवर्ग साउथअफ्रिकाका शल्यचिकित्सकको समूह टाउको प्रत्यारोपण गर्न सफल भएका छन् । यस्तो प्रत्यारोपण विश्वकै पहिलो हो ।

१९ घण्टाको अप्रेसन पछि चिकित्सकहरुले टाउको प्रत्यरोपण गर्न सफल भएका हुन् । यो खबर न्युज एक्सामाइनर डट नेटले सार्वजनिक गरेको हो ।
शल्यक्रिया गर्ने समूहका सदस्य रहेका डाक्टर टम डोनीले भने, ‘एक जनाको टाउकोमा अर्काको शरीरमा जोड्नु चिकित्सा विज्ञानको ठूलो सफलता हो ।’ यो शल्यक्रियाले चिकित्सा विज्ञानमा असिमित सम्भावना देखाएको समेत उनले बताए ।

सन् २०१२मा कार दुर्घटनामा परी ब्रेन डेथ भएका ब्यक्तिको शरीर पाउलको टाउकोमा जोडिएको हो । ब्रेन डेथ भएका ती २१ वर्षीय ब्यक्तिको ब्रेन रिकभर हुने संभावना नभएपछि उनको शरीर प्रत्यारोपण लागि उनका परिवारसँग अनुमति मागिएको थियो । परिवारले अर्को ब्यक्तिको ज्यान जोगाउन आफ्नो छोराको शरीर दान गरेको बताएका छन् ।

चिकित्सकले हड्डीको क्यान्सर भएका ३६ वर्षीय पाउल हर्नर नामका ब्यक्तिको टाउको २१ वर्षीय अर्को युवकको शरीरमा सफल प्रत्यारोपण गरेका हुन् । पाउललाई ५ वर्षदेखि हड्डीको क्यान्सर थियो ।

जोहेन्सवर्ग एकेडेमी अस्पतालका सर्जनहरुले यो शल्यक्रिया फ्रेबु्रअरीमैँ गरेका थिए । सर्जनहरुले शल्यक्रिया सफल भएपनि केही समय बिरामीको अवस्था हेर्नका लागि सार्वजनिक नगरेको बताएका छन् । शल्यक्रिया प्रोफेसर म्यारन डेनसको नेतृत्वमा फेब्रुअरी १० भएको थियो ।

प्रत्यरोपण गरिएका ब्यक्तिको शरीर अहिले ८५ प्रतिशत रिकभर भएको चिकित्सकले बताएका छन् । उनी हिड्न, बोल्न र सामान्य क्रियाकलाप गर्न सक्छन् ।

तपाईको प्रतिक्रिया