Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडौं– प्रधानमन्त्री सुशील कोइरालाले सरकारले भूकम्पपीडितलाई राहतको प्याकेजको घोषणा गरिसकेको र जति सक्दो चाँडो प्रभावकारी ढङ्गले वितरण गरिने प्रतिबध्दता जनाएका छन् ।

गरिब घरपरिवार सहयोग समन्वय बोर्डको बालुवाटारमा बसेको १२ औँ बैठकमा प्रधानमन्त्रीले वास्तविक भूकम्पपीडितको पहिचान गरी जति सक्दो छिटो राहत वितरण गर्न सरकार प्रतिबध्द रहेको बताए । बैठकमा भूकम्प प्रभावित जिल्लाका घर निरीक्षण गरी वास्तविक पीडित छुट्याउने काम तत्काल सुरु गर्ने विषयमा छलफल भएको थियो ।

गोरखा, रामेछाप, सिन्धुली र तनहुँको तथ्याङ्क अध्यावधिक गर्ने र भूकम्प प्रभावित बाँकी ११ जिल्लाको घर परिवारको वास्तविक तथ्याङ्कका लागि तत्काल ‘घरपरिवार सर्वेक्षण अभियान–२०७२’ तत्काल सुरु गर्ने निर्णय गरिएको बोर्डका कार्यकारी उपाध्यक्ष चिन्तन पौडेलले जानकारी दिनुभयो । ***

तपाईको प्रतिक्रिया