Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

तनहुँ – विनाशकारी भूकम्पबाट ठूलो जनधनको क्षति भयो । जतातेतै रुवाबासी र कोलाहल मच्चियो । नेपालकै शान धरहरा भाँच्चियो तर साहस भने अझै ढलेको छैन । देशविदेशबाट भूकम्पपीडितहरुका लागि राहत संकलन अभियानमा नेपालीहरु सक्रिय रुपमा लागिरहेका छन् ।

miss magar1केन्द्रविन्दु गोरखा र छिमेकी जिल्ला धादिङमा अझै सरकारी तवरबाट राहत नपुगेको धेरै पीडितहरुको गुनासो छ । तिनै भूकम्पपीडितहरुको घाउमा मलम लगाउन मिस मगरद्धय पवित्रा सारु मगर र पुजा राना मगरको टोली शुक्रबार धादिङको सलाङ्ग गाविस वडा नं. ९ का पीडितसामु पुगेका थिए । मगर चलचित्रका नायिका समेत रहेकी पवित्रा मिस मगर तनहुँ २०११ का उपविजेता हुन् भने पुजा मिस मगर हङकङ २०१५ का विजेता हुन् ।

‘आफ्नो ज्यान जोखिम राखेर साँघुरो बाटो हुँदै टेक्टरको साहारामा धादिङको सलाङ्ग गाविस पुग्दा त्यहाँका दृश्यहरु दर्दानाक र पीडादायी देखिन्थे’, नायिका तथा मिस मगर पवित्राले भनिन् । ‘बुढापाकाका आँखामा आँशुका धारा रोकिएका थिएनन्, बालबच्चहरु राहतको आशामा टोलाइरहेका थिए’, भावुक मुद्रामा समुद्रपारिलाई उनले भनिन्,’घर पुरै भत्किएर खान बस्नलाई ओट थिएन्, ती पीडितहरुको पीडा देख्दा र सुन्दा हाम्रो टोलिका धेरै भक्कानिएका थियौं ।’

त्यस्तै हङकङ बस्दै आएकी अर्की मिस मगर पुजाले पनि धादिङका पीडितहरुको पीडादायी अनुहार प्रत्यक्ष देख्दा मन समाल्न नसकेको बताईन् । उनले दुर्गम क्षेत्रका पीडितहरुसँग बस्नलाई ओट, खानलाई अन्न नभएको अवस्थामा सहयोग गर्ने संघसंस्थाहरुले सुगम क्षेत्रभन्दा पनि ती दुर्गमलाई प्राथमिकता दिनुपर्ने बताई । पुजा भन्छिन्, ‘वास्तविक पीडितलाई चिनेर सरकारले राहत वितरणलाई तिव्रता दिनुपर्छ ।’

mis magarयसअघि गोरखाको सिन्जुङ गाविसको पोखरातार, मुतचोक गाविसका मानेगाउँ र गौबारी गाविसको फिनाममा पनि उनीहरुको टोलि पुगेर राहत साम्रगी वितरण गरेको पवित्राले बताईन् । खाद्यान्न सामाग्री, त्रिपाल, लत्ताकपडा, औषधी लगायतका राहत सामाग्री भूकम्पपीडितहरुलाई वितरण गरिएको थियो । घाइते पीडितहरुलाई डा. राजेन्द्र पुन मगरले स्वास्थ्य परिक्षण गरि औषधी वितरण गरेका थिए ।

अन्तर्राष्ट्रिय मगर मञ्चको सक्रियतामा वितरण गरिएको उक्त राहत टालिमा नेपाल मगर संघ हङकङका अध्यक्ष चन्द्रज्योति आले, कोषाध्यक्ष निलु मगर, मगर संघका केन्द्रिय अध्यक्ष महेन्द्र थापामगर, उपाध्यक्ष गंगा थापा मगर लगायतको सहभागीता रहेको थियो ।***

तपाईको प्रतिक्रिया