Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडौं– भूकम्प पीडितका लागि एनआरएनए अफ्रिकाका शाखाहरुले ५१ लाख रुपैयाँ सहयोग गरेका छन् । उक्त रकम एनआरएनए सचिवालयको राहत कोष मार्फत काठमाडौँमा पठाइसकेका छन् ।

जसमा नाइजेरियाले २० लाख , तान्जानियाले १४ लाख , केन्याले ८ लाख ३० हजार ,बोत्स्वानाले ५ लाख ६० हजार ,युगान्डाले ३ लाख ४० हजार रहेको छ ।
राहत संकलन जारी रहेको र ७० लाख भन्दा बढी पुग्ने अनुमान रहेको एनआरएनए अफ्रिकाका क्षेत्रिय संयोजक हिक्मत थापाले जानकारी दिनुभयो ।

घाना, मदागास्कर ,जाम्बिया, इथोपिया लगायतका देशहरुमा राहत संकलन गर्ने काम भइरहेको छ ।

तपाईको प्रतिक्रिया