Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडौं– महाभूकम्प पीडितका लागि विश्वभरबाट आएको राहत स्वीकार गरेको नेपालले ताइवानी प्रस्ताव भने अस्वीकार गरेको छ ।

ताइवानका नयाँदिल्लीस्थित राजदूत चुङ क्वाङ तियनले नेपालले राहत लिन अस्वीकार गरेको भन्दै दुःख व्यक्त गरेका छन् । तियनले ताइवानले नेपालका भूकम्पपीडितलाई विमानबाट राहतसामग्री पठाउन चाहेको तर नेपाल सरकारले अनुमति नदिएको भन्दै आवश्यक पहल पहल गरिदिन उपराष्ट्रपति परमानन्द झालाई आग्रह गरेको स्रोतले बतायो।

दूतावास नभएपछि नयाँदिल्लीबाटै ताइवानले नेपाल मामिला हेर्दै आएको छ ।

नेपालले ताइवानलाई अलग देशको मान्यता दिएको छैन। नेपालले ताइवानलाई चीनकै एक अभिन्न अंग मान्छ। चीनले पनि ताइवानलाई एक मुलुक दुई व्यवस्था प्रणाली अन्तर्गत आफ्नो अभिन्न अंग मान्दै आएको छ। ताइवानले भने आफूलाई स्वतन्त्र राष्ट्रका रूपमा दाबी गर्दै आएको छ।

यसैबीच नेपालले एक चीन नीति लिइरहेको भए पनि उपराष्ट्रपति झाले भारतका लागि ताइवानका राजदूत तियनलाई भेट दिएका छन्।

तपाईको प्रतिक्रिया