Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडौं- चीनका एक अर्बपति ज्याक माले नेपालका भूकम्प पीडितका लागि एक हजार घर बनाइदिने भएका छन् ।

नेपालको चौधरी ग्रुपसँग मिलेर अलिबाबाका मालिक ज्याकले एक हजार घर बनाउन आवश्यक रकम दिने भएको समाचारमा बताइएको छ । चौधरी ग्रुपले यसअघि १० हजार घर बनाइदिने बताएको थियो । जसमा ग्रुपका तर्फबाट एक हजार र विश्वका अन्य अर्बपति मिलेर सो घर बनाइने बताइउको छ ।

यसअघि चौधरी ग्रुपका विनोद चौधरीले १० हजार घर निर्माण गर्ने आफूहरुको योजनामा सघाउन विश्वभरका अर्बपतिलाई अपिल गरेका थिए । सोही अनुरुप सघाउन चाहनेले ग्रुपसँग हातेमालो गर्दै अघि बढ्ने जनाइएको छ ।

तपाईको प्रतिक्रिया