Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडौं- प्युठानको स्वर्गद्वारी दर्शन गरेर फर्कंदै गरेको कार तिरान-४, थक्लेनीमा दुर्घटनाग्रस्त हुँदा घटनास्थलमै तीन जनाको मृत्यु भएको छ ।

दुर्घटनामा अर्का एकजना गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ । चारजना जना सवार रहेको कार स्वर्गद्वारी दर्शन गरी फर्कंदा बाटैमा दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ ।

मृत्यु हुने एकै परिवारका सदस्य रहेका छन् । बा११च १०५३ नं. को कार सडकबाट अन्दाजी सय मिटर तल खोलामा खस्न पुगेको बताइएको छ ।

तपाईको प्रतिक्रिया