Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

वर्षायाम अगावै अस्थायी बसोबासको व्यवस्था गर्न माग

काठमाडौँ- व्यवस्थापिका–संसद्को आजको बैठकमा विभिन्न दल सम्बद्ध सांसदहरुले शनिबार प्रस्तुत गरिएको सङ्कल्प प्रस्तावमाथि आआफ्नो धारणा राख्नुभयो ।

बैठकको सुरुमा नेपाली काँग्रेसका सांसद अर्जुननरसिंह केसीले तत्काल राहत, सुरक्षित आवास र पुनःनिर्माणको कामलाई प्रभावकारी रुपमा अगाडि बढाउन आग्रह गर्नुभयो । भूकम्प प्रभावित क्षेत्रमा जनधनको व्यापक क्षति पुगेको भए पनि हालसम्म पीडित परिवारले अत्यावश्कीय सहयोग नपाएका, प्रभावशाली व्यक्तिले मात्रै राहत सामग्री पाएको र चौपायाको क्षति भए पनि त्यसको व्यवस्थापन हुन नसकेकामा आपत्ति जनाउनुभयो ।

उहाँले हरेक घरलाई तत्काल दुई बन्डल जस्तापाता उपलब्ध गराउन माग गर्दै सामान्य पालले वर्षालाई धान्न नसक्ने र वर्षायाममा भूकम्पपीडित थप समस्यामा पर्नेमा सरकारको ध्यानाकर्षण गराउनुभयो ।

नयाँ बाली उत्पादन नहुँदासम्म खाद्यान्न उपलब्ध गराउन, औषधिको व्यवस्था गर्न, भूकम्पपीडितलाई सहयोग गर्न पर्याप्त बजेटको व्यवस्था गर्नुपर्नेमा जोड दिँदै सांसद केसीले मानवीय पक्षलाई ख्याल गर्न आग्रह गर्दै तत्काल राष्ट्रिय सहमतिको सरकार गठनको माग गर्नुभयो । विकास बजेट खर्च नभएकाले सोही बजेटलाई भूकम्पपीडितलाई उपलब्ध गराउनुपर्ने उहाँको जोड थियो ।

नेकपा(एमाले)का अमृतकुमार बोहोराले राजनीतिक समन्वयको अभावमा भूकम्पपीडितले सहायता नपाएको भन्दै तत्काल उनीहरुका समस्या समाधान गर्न आग्रह गर्नुभयो ।

भूकम्पबाट बढी प्रभावित सिन्धुपाल्चोकको सुगम स्थानमा राहत सामग्री धेरै प्राप्त भए पनि दुर्गम स्थानमा पीडितले केही नपाएका गुनासो गर्दै प्रभावित स्थानमा तत्काल सहयोगको व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो ।

एकीकृत रुपमा सुरक्षित बस्ती विकास योजना बनाउनुपर्ने, स्थानीय जनतालाई स्वावलम्बी बनाएर स्थानीय साधन र स्रोतको व्यवस्था गरी भूकम्प प्रतिरोधी घर निर्माण गर्नेतर्फ प्रभावकारी कदम चाल्नुपर्ने उहाँको अभिमत थियो ।

एकीकृत नेकपा(माओवादी)का अग्निप्रसाद सापकोटाले गृहमन्त्रीले प्रस्तुत गर्नुभएको भूकम्प प्रभावितको तथ्याङ्क पूर्ण नभएको आरोप लगाउँदै तथ्यपरक सूचना प्रवाह गर्न आग्रह गर्नुभयो ।

उहाँले मुलुकभित्र तीन लाख पाल उपलब्ध भएको बताइए पनि सबैभन्दा बढी प्रभावित सिन्धुपाल्चोकमा हालसम्म करिब दुई हजार ७०० पाल प्रदान गरिएको बताउनुभयो । सामान्य त्रिपालले वर्षायाममा पानी छेक्न नसक्ने भन्दै उहाँले भूकम्पपीडित परिवारलाई स्थायी बसोबासको व्यवस्था गर्न माग गर्नुभयो ।

सांसद सापकोटाले भूकम्पबाट ज्यान गुमाएका परिवारलाई रु तीन लाख, घर भत्किएकालाई रु पाँच लाख र प्रभावित सबैलाई रु दश लाख उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराउनुभयो ।

राप्रपा नेपालका विक्रमबहादुर थापाले विपद्का बेला सबै राजनीतिक दल मिलेर जाने भन्ने सहमतिले जनतामा सकारात्मक सन्देश प्रवाह भएको र उत्साह बढेको बताउनुभयो ।

तराई–मधेस लोकतान्त्रिक पार्टीका जङ्गीलाल रायले भूकम्पपीडितलाई सहज रुपमा बसोबासको व्यवस्था गर्न जस्तापाताको व्यवस्था गर्न माग गर्दै उहाँले भूकम्प प्रभावित क्षेत्रका प्रत्येक गाविसमा एक÷एक जना सांसद खटाउन आग्रह गर्नुभयो ।

पहाडमा दुःख पर्दा तराईका जनताले सहयोग गर्नुपर्नेमा जोडदिँदै उहाँले मानवीयताका आधारमा सहयोग गर्न कोही कसैले पनि हिचकिचाउन नहुने धारणा व्यक्त गर्नुभयो ।

राप्रपाका राज्यलक्ष्मी श्रेष्ठ(नुवाकोट)ले आफ्नो जिल्लाको अधिकांश क्षेत्र भूकम्पले तहसनहस भएको र त्यहाँका जनताले राहत सामग्री नपाएका गुनासो गर्नुभयो । उहाँले वर्षायाम अगावै बसोबासको व्यवस्था गर्न सरकारसँग माग पनि गर्नुभयो ।

सद्भावना पार्टीका नरसिंह चौधरीले प्राकृतिक विपत्तिसँग जुध्न स्पष्ट नीति तथा पूर्वतयारी आवश्यक रहेकामा जोड दिनुभयो । सङ्कल्प प्रस्तावमाथिको छलफल जारी छ ।

तपाईको प्रतिक्रिया