Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडौं– गृह मन्त्रालयले भुकम्पबाट प्रभावितमध्ये १३ जिल्लामा आर्थिक राहत पठाउन थालेको छ ।

सम्बन्धित जिल्ला प्रशासन कार्यालयमार्फत प्रभावित क्षेत्र र जनताको उद्धार तथा पुनर्स्थापनाका लागि उक्त रकम खर्च गरिने गृहले जनाएको छ ।

उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमले यो प्रारम्भिक राहत रकम भएको बताउनुभएको छ । थप रकम निकासा हुनेबित्तिकै अन्य प्रभावित जिल्लामा पनि पठाइने र रकमको वितरण न्यायोचित तवरले गरिने उहाँले जानकारी दिनुभयो ।

१. जिल्ला प्रशासन कार्यालय, दोलखा– रु. ५ करोड

२. जिल्ला प्रशासन कार्यालय, रामेछाप– रु. ७ करोड

३. जिल्ला प्रशासन कार्यालय, पाल्पा– रु. १ करोड

४. जिल्ला प्रशासन कार्यालय, लमजुङ– रु. १ करोड

५. जिल्ला प्रशासन कार्यालय, तनहुँ– रु. १ करोड

६. जिल्ला प्रशासन कार्यालय, सोलुखुम्बु– रु. १ करोड

७. जिल्ला प्रशासन कार्यालय, चितवन– रु. ५० लाख

८. जिल्ला प्रशासन कार्यालय, मनाङ– रु. ५ लाख

९. जिल्ला प्रशासन कार्यालय, पर्वत– रु. ५० लाख

१०. जिल्ला प्रशासन कार्यालय, धनकुटा– रु. १५ लाख

११. जिल्ला प्रशासन कार्यालय, रुकुम– रु. ५ लाख

१२. जिल्ला प्रशासन कार्यालय, म्याग्दी– रु. ५ लाख

१३. जिल्ला प्रशासन कार्यालय, ओखलढुङ्गा– रु. २ करोड

तपाईको प्रतिक्रिया