Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

मोरङ– सरकारले कर्मचारीहरुको लागि निश्चित पोशाक निर्धारण गरेर उपलब्ध गराउँदै आएको छ ।

गत चैतमा मात्रै नयाँ पोशाक पाएपनि मोरङ्को बेलवारीस्थित मालपोत कार्यालयका दुई कर्मचारी भने कार्यकक्षमा सेण्डो गन्जी लगाएर काम गर्ने गरेका छन् । उनीहरुले गर्मी भएर यस्तो गरेको बताएका छन् ।

गर्मी भएपनि कपडा खोलेर कार्यकक्षमा काम गर्न नमिल्ने भएकाले मौखिक सचेत गराएको कार्यालय प्रमुख खरुदेव चुडालले बताए । मोरङ्का सहायक प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलका अनुसार कर्मचारीले युनिफर्म खोलेर काम गर्नु चरम अनुशान उलंघन हो ।

त्यस्ता कर्मचारीलाई पहिलो पटक सम्वन्धित कार्यालय प्रमुखले सचेत गराउने र नमाने विभागिय कार्वाही हुने प्रावधान रहेको छ ।

तपाईको प्रतिक्रिया