Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडौँ- प्रधानमन्त्री सुशील कोइरालाले नेपाललाई हाइटीजस्तो राज्यविहीनताको अवस्थामा जान नदिने प्रतिबद्धता जनाउनुभएको छ ।
बालुवाटारमा आज तनहुँ–काठमाडौँ लोकतान्त्रिक बुद्धिजीवी समाजको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री कोइरालाले सो प्रतिबद्धता जनाउनुभएको हो । “वैशाख १२ गतेको विनाशकारी भूकम्पबाट आहत भएका जनतालाई सरकारविरुद्ध उचालेर नेपाललाई राज्यविहीनताको अवस्थामा पु¥याउन खोजिएको छ, मलाई केही लिनु छैन त्यसैले म पीडितलाई राहत दिने काममा दृढताका साथ लाग्दछु, गलत गर्नेलाई कारबाही र राम्रो गर्नेलाई पुरस्कृत गर्न कुनै कञ्जुस्याईं बाँकी राख्दिन” उहाँले भन्नुभयो ।

सुरुका दिन सबै पीडामा भएकाले सरकारका काममा केही कमजोरी देखिए पनि पछि त्यसलाई सम्हालेर नियन्त्रणमा लिइएको प्रधानमन्त्री कोइरालाले बताउनुभएको थियो । विपत्को घडीमा अनावश्यक हल्लाभन्दा पनि सहीरुपमा पीडितको सेवामा जुट्न उहाँले समाजको प्रतिनिधिमण्डललाई आग्रह गर्नुभयो ।

समाजका संयोजक यदुनाथ खनालले तनहुँमा भूकम्पले चार हजार ९२७ घर पूर्ण रुपमा क्षति भएका, १५ हजार ९१८ घरमा बस्न नहुने गरी भत्किएका, १०० वटा विद्यालय र मठमन्दिर पूर्णरुपमा क्षति भएका, १३ वटा स्वास्थ्यचौकी र तीनवटा गाविस भवन पनि पूर्णरुपमा क्षति भएकाले जिल्लालाई अति प्रभावितको सूचीमा समावेश गरिनुपर्ने माग गर्नुभयो । “मानवीय क्षति एकै जनाको मात्र भए पनि जिल्लामा भूकम्पका कारण भयावह स्थिति छ त्यसैले अति प्रभावितको सूचीमा समावेश गरिनुपर्छ भन्ने माग राखेका छौँ”, रासससँग प्रतिक्रिया दिँदै संयोजक खनालले भन्नुभयो । रासस

तपाईको प्रतिक्रिया