Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

सप्तरी- पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको शम्भुनाथ सडकखण्डमा शुक्रबार राति मोटरसाइकलबाट लडेर एक महिलाको ज्यान गएको छ ।
जनकपुरबाट विराटनगरतर्फ जाँदै गरेको ज६प ७१०७ नम्बरको मोटरसाइकलमा पछाडि सवार जनकपुर उपमहानगरपालिका–८ का रामकुमार सिंहकी ४५ वर्षीया श्रीमती मालती देवीको लडेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
मोटरसाइकलबाट लडेर सिकिस्त भएकी उनलाई तत्काल उपचारका लागि विराटनगर लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो ।

तपाईको प्रतिक्रिया