Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडौँ- नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनालले विपत्तिको सामना गर्ने आवश्यक तयारी हुन नसक्दा मुलुकले ठूलो विपत्तिको मार खेप्नुपरेको बताउनुभएको छ ।

व्यवस्थापिका–संसद्को आजको बैठकमा भाग लिँदै उहाँले मुलुकको भौगोलिक अवस्था र यातायातको कठिनाइका कारण तत्काल उद्धार र राहतका काम सोचेअनुरुप अघि बढ्न नसकेको विचार व्यक्त गर्नुभयो । राहत तथा पुनःस्थापनको कामलाई अघि बढाउँदा मुलुकको भौगोलिक विशेषता र आवश्यकतालाई ध्यान दिएर भूकम्पपीडितको राहतका लागि सबै राजनीतिक दल र सबै पक्ष एकजुट र एकताबद्ध भएर अघि बढ्न नेता खनालले आह्वान गर्नुभयो ।

विपत्तिको सामना गर्ने क्रममा राष्ट्रिय सरकारको गठनलाई पनि ध्यान पुर्‍याउन आवश्यक रहेको बताउँदै वरिष्ठ नेता खनालले वर्षायाम नजिकै आइसकेकाले पुनःस्थापना र पुनःनिर्माणको कामलाई तुरुन्तै तीव्र रुपमा सुरु गर्नुपर्छ भन्नुभयो ।

पूर्वप्रधानमन्त्री खनालले भन्नुभयो, “मुलुकमा ठूलो भूकम्पको विध्वंस भयो, यो नयाँ नेपाल निर्माण गर्नका लागि अवसर पनि हो, पुनःनिर्माण गरेर राष्ट्रको स्वाभिमान र अखण्डतालाई जोगाउने विषयमा सबै एकताबद्ध हुनुपर्छ ।

तपाईको प्रतिक्रिया