Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडौं- भूकम्पबाट क्षतिग्रस्त संरचनाको सफाइमा स्वयं सरकारी उच्च अधिकारी नै खटिएका छन् ।

भक्तपुरका विभिन्न संरचनाका फोहरको नेपाल सरकारका मुख्य सचिव लीलामणि पौडेलको संयोजकत्वमा बृहत् सरसफाइ गरिएको छ ।

भक्तपुर नगरक्षेत्रका छ नाकाबाटै बिहान एकै समयमा सुरु भएको सरसफाइबाट भक्तपुर नगरक्षेत्रमा भत्किएका संरचनालाई व्यवस्थित गर्ने, तथा भत्किएर थुप्रिएका संरचना हटाउने कार्य भएको छ ।

मुख्य सचिव पौडेलको नेतृत्वमा भक्तपुर दरबार स्क्वायरबाट, सूचना तथा सञ्चार सचिव सुनिलबहादुर मल्लको नेतृत्वमा सूर्यविनायकबाट, स्वास्थ्य तथा जनसङ्ख्या सचिव शान्तबहादुर श्रेष्ठको नेतृत्वमा च्यामासिंहबाट, विज्ञान प्रविधि तथा वातावरण सचिव कृष्णचन्द्र पौडेलको नेतृत्वमा ब्याँसीबाट र श्रम तथा रोजगार सचिव भोला शिवाकोटीको नेतृत्वमा महाकालीबाट टोली परिचालन भएको थियो ।

सरसफाइ अभियानमा सरकारी निकायका कर्मचारी, सञ्चारकर्मी, सुरक्षाकर्मी, निर्माण व्यवसायी, विभिन्न सङ्घसंस्थाका प्रतिनिधि र स्थानीय बासिन्दासहित हजारौँको सहभागिता थियो ।

तपाईको प्रतिक्रिया