Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडौँ- नेकपा (एमाले)को ‘भूकम्पपीडित उद्धार तथा राहत समन्वय समिति’ले  पार्टीका अध्यक्ष केपी ओलीसमक्ष तत्काल गर्नुपर्ने निर्णय तथा चालिनुपर्ने कदमका सम्बन्धमा आफ्ना दसबुँदे सुझाव बुझाएको छ ।

राहत र पुनस्र्थापना कार्यलाई प्रभावकारी बनाउन आग्रह गरिएको सो सुझाव र ध्यानाकर्षणपत्रबारे उपप्रधानमन्त्री तथा गृहमन्त्री गृहमन्त्री वामदेव गौतमलाई पनि बोधार्थ दिइएको छ ।
समितिका संयोजक ईश्वर पोखरेलको अध्यक्षतामा यसबीचमा बसेका बैठकबाट प्राप्त सूचना, जानकारी तथा सुझावलाई ध्यानमा राखी भूकम्पजस्ता विपद् व्यवस्थापनसम्बन्धी सरकारको तयारी निकै कमजोर देखिएको र यससम्बन्धी संरचना, बन्दोबस्तीका सामग्री र अन्तर्राष्ट्रिय समन्वयमा पनि धेरै सुधार गर्नुपर्ने ठहर गरिएको छ ।

भूकम्पको १३ दिन बित्न लाग्दा पनि कतिपय ठाउँमा राहत सामग्री नपुगेको, पछिल्लो समय राहत सामग्री प्रायः सुगम ठाउँमा पुग्ने, त्यहीँ थुप्रिने, खाद्य सामग्री आवश्यकताभन्दा बढी जम्मा हुने तर दुर्गम ठाउँका कतिपय पीडितले राहत सामग्री लिन कयौँ घन्टा हिँड्नु परेको गुनासा विभिन्न ठाउँबाट थपिँदै गएको सो समितिले जनाएको छ ।

समितिले लम्जुङ र सोलुखुम्बुमा पनि मानवीय तथा अत्यधिक भौतिक क्षति भएकाले ‘सङ्कटग्रस्त जिल्ला’ घोषणा गर्न सुझाएको छ । अझै पनि धेरै ठाउँमा त्रिपालको समस्या चर्को देखिएको र यसको सहज आपूर्ति र शीघ्र वितरणमा ध्यान दिनु जरुरी भएको्, पुनर्निर्माणका क्रममा ठूलो मात्रामा जस्तापातालगायत निर्माण सामग्री आवश्यक पर्ने र त्यस क्रममा अभाव, कृत्रिम अभाव र सिन्डिकेट÷कार्टेलिङका समस्या पनि देखापर्ने हुनाले समयमै यस विषयमा ध्यान पु¥याउन जोड दिएको छ ।

आगामी जेठ १ गतेदेखि विद्यालयमा पठनपाठन सुरु गर्ने भनिए पनि अधिकांश कक्षा कोठा पठनपाठनका लागि योग्य नभएकाले कक्षाको औसत साइज (प्रतिकक्षा कोठा ४० जना विद्यार्थी)का आधारमा टिकाउ खालको त्रिपाल या जस्ता पाताको व्यवस्था गर्न माग गरिएको छ ।

राहत वितरणलाई दलीय हस्तक्षेपबाट मुक्त गर्दै जिल्लामा जिल्ला प्रशासन कार्यालय र गाउँमा गाविस तथा सहरमा नगरपालिकाका वडालाई प्रभावकारी बनाउन, राज्यले औपचारिक र विधिवत् रूपमा स्वयम्सेवकका लागि आह्वान गर्न पार्टीका तर्फबाट भूकम्पपीडितमध्ये कुनै पनि नागरिकलाई ‘हामी तपाइँहरू भोकै बस्नुपर्ने अवस्था सिर्जना हुन दिँदैनौँ’ भन्ने सार्वजनिक विश्वास दिलाउँदै तराई–मधेसमा खाद्यान्न सङ्कलनका लागि विशेष अभियान सञ्चालन गर्न पनि समितिले राय दिएको एमालेका प्रचार विभागका उपप्रमुख सूर्य थापाले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया