Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

मस्को- रसियाली अन्तरिक्ष संस्थाले उसको मानवविहीन मालवाहक विमान अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रतर्फको मार्गमा रहेको अवस्थामा नियन्त्रण बाहिर गई पृथ्वीको प्रशान्त महासागरमा खसेको जानकारी दिएको छ ।

रोसकोसमोसले एक विज्ञप्ति प्रकाशन गरी प्रोग्रेस नाम गरेको यान पृथ्वीको वातावरणमा शुक्रबार बिहान ५:०० बजे प्रवेश गरेको जानकारी दिएको छ । उक्त यान पृथ्वीमा प्रवेश गर्दा प्रायः जलेको हुनसक्ने अनुमान गरिएको छ ।

विज्ञप्तिमा उक्त विमान प्रशान्त महासागरको मध्यभागमा खसेको उल्लेख गरिएको छ ।

उक्त जहाज अप्रिल २८ मा प्रक्षेपण भएको हो तर त्यो पृथ्वीको गलत कक्षमा प्रवेश गरेको थियो ।

तपाईको प्रतिक्रिया