Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडौँ,- व्यवस्थापिका–संसद्को आजको बैठकमा भूकम्पपीडितका लागि राहत र पुनःस्थापनाका लागि ‘सङ्कल्प प्रस्ताव’ प्रस्तुत हुने भनिए पनि त्यसलाई अन्तिमरुप दिन बाँकी रहेका कारण आजको कार्यसूचीमा सो प्रस्ताव समावेश भएको देखिएन ।

प्रस्तावका विषयमा विगत केही दिनदेखि तीन प्रमुख दलबीच अनौपचारिक र औपचारिक छलफल भइरहेको छ ।

आज दिउँसो १ बजेका लागि तय भएको संसद्को बैठक १३ः४० बजेसम्म पनि प्रारम्भ हुन सकेको छैन ।

संसद् सचिवालयबाट केहीबेरअघि वितरित कार्यसूचीमा प्रधानमन्त्री एवम् सहकारी तथा गरिबी निवारण मन्त्री सुशील कोइरालाले सहकारी (दोस्रो संशोधन) अध्यादेश, २०७१ र सार्वजनिक खरिद (पहिलो संशोधन) अध्यादेश, २०७१ पेस गर्नुहुने उल्लेख छ ।

तपाईको प्रतिक्रिया