Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

महोत्तरी- महोत्तरीको हलखोरी गाविसमा गएराति एक महिलाले आफ्ना दुई दुधे बालिकालाई छाडेर आत्महत्या गरेकी छिन् ।

हलखोरी गाविस–९ चकवाका सुनिल यादवकी २३ वर्षीया पत्नी रञ्जुदेवी यादवले दुई वर्षीया र अर्को चार महिने छोरीलाई छाडेर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

गएराति दुवै छोरीलाई लिएर सुत्न गएकी रञ्जुदेवीले आफ्नै सुत्ने कोठाको पङ्खामा डोरीको पासो लगाई झुण्डिएर आत्महत्या गरेको प्रहरी नायब उपरीक्षक लोकेन्द्र श्रेष्ठले बताउनुभयो ।

पति गाडीको चालक रहेकाले कहिलेकाँही मात्रै घर आउने गरेको, सासु, ससुरा अर्को कोठामा सुतिरहेको अवस्थामा उनले आफ्नै कोठामा आत्महत्या गरेकी हुन् ।

तपाईको प्रतिक्रिया