Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

कर अधिकृतको सम्झनामा रुवावासी
मोरङ– वैशाख घर र आसपासमा अटाई नअटाई मानिसहरु थिए । जो जो थिए सवै भावुक थिए । भावुक मात्र होइन सवैजसोको आँखा रसाएकै थिए ।

कर अधिकृत कमलाकुमारी तिम्सिना (निरौला) को मोरङ पथरीशनिश्चरेस्थित मिलनचोकको माइती घरमा सवैले कमला गुमाउनु परेको पीडा व्यक्त गरिरहेका थिए । बिहीबार उनको १३ औं पूण्यतिथिको अवसरमा आफन्तजन र छरछिमेकी भेला भएका थिए । उनको स्मृतिमा माइती पक्षले विद्यालयका लागि अक्षयकोष स्थापनाको घोषणा समेत गर्ने कार्यक्रम थियो ।

एकराज तिम्सिना परिवारले छोरी कमलाले अध्ययन गरेको स्थानीय बुद्ध उच्चमाविका लागि ५० हजार रुपैयाँको अक्षयकोष खडा गरिदिएको कुरा घोषणा गरे । एकराज निकै मुस्किलले आफ्ना अभिव्यक्ति राख्दै छोरीको स्मृतिलाई समयअनुरुप ताजा राख्ने यसखाले काम गरेको बताए ।

उनीहरुले छोरा र छोरीको समानताका लागि माइती पक्षले १३ दिनसम्म आफ्नो घरमा आसोच बारेका थिए । ३१ वर्षीय तिम्सिनाको १३ औं पूण्यतिथीको अवसरमा विहीबार आयोजित श्रद्धाञ्जलीसभामा सो विद्यालयबाट एसएलसीमा उत्कृष्ठ अंक ल्याउने एकजना छात्रालाई पुरस्कृत गर्न अक्षयकोष खडा गरिएको उल्लेख गरिएको छ ।

अक्षयकोषको सो रकमको चेक एकराजले विद्यालयका प्राचार्य बोधराज सिग्देललाई हस्तान्तरण गरे । ग्रामिण क्षेत्रकी कमलाले अधिकृत तहमा नाम निकालेर सो क्षेत्रका सवैलाई गौरवान्वित र प्रोत्साहित बनाएकी थिइन् । ‘हेर्दा पनि राम्री उनी पढ्न पनि सक्रिय अनि नयाँ कुरा जान्न उत्सुक थिइन् । उनको मेहनत यस क्षेत्रका विद्यार्थीका लागि ठूलो प्रेरणाको स्रोतका रुपमा रहेको छ ।

अक्षयकोष उनलाई सधैं अमर बनाउने नासो बनेको छ ।’– सिग्देलले आफ्नो पूर्व विद्यार्थीको स्मरण यसरी गरे । ०६६ वैशाख ४ गते उद्योग वाणिज्य मन्त्रालयका अधिकृत उदयपुर त्रियुगा २ स्थायी घर भएका मोहन निरौलासँग विवाह बन्धनमा बाँधिएकी उनले ०६८ सालमा अधिकृतमा नाम निकालेर कर कार्यालयमा कार्यरत थिइन् ।

करदाता सेवा कार्यालय महाराजगञ्जमा अतिरिक्त काममा खटिएको बेला गत वैशाख १२ गतको भूकम्पका कारण सो कार्यालय भवन भत्किएर अधिकृतहरु मुक्ति पण्डित, विजय शाह र नायव सुब्बा भास्कर सापकोटा सहित अधिकृत तिम्सिनाको ज्यान गएको थियो ।

उनको डेढ वर्षीय छोरो नूतन रहेका छन् भने उनी गभर्वती अवस्थाकी समेत रहेकी थिइन् ।

तपाईको प्रतिक्रिया