Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडौँ- यही वैशाख १२ गते गएको विनाशकारी भूकम्पका कारण भूकम्प प्रभावित जिल्लाका ७० देखि ९० प्रतिशत स्वास्थ्य संस्थामा क्षति पुगेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा प्रकाशित विज्ञप्तिमा भूकम्प प्रभावित जिल्लाका ती स्वास्थ्य संस्थालाई अल्पकालीन र दीर्घकालीन रुपमा सञ्चालनका लागि विश्व स्वास्थ्य सङ्गठनबाट सहयोगको आवश्यकता रहेको उल्लेख गरेको छ ।

विज्ञप्तिमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री खगराज अधिकारीले आफूसँग भेट्न आएका विश्व स्वास्थ्य सङ्गठनको दक्षिण पूर्वी एसियाकी क्षेत्रीय निर्देशक डा. पुनम क्षेत्रपाल सिंहलाई क्षति पुगेका संस्थाहरु पुनःनिर्माणका लागि सहयोग गर्न आग्रह गरेको विज्ञप्तिमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया