Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडौँ- जापानका विभिन्न विश्वविद्यालयबाट आएका प्राध्यापक एवम् इन्जिनियरको टोलीले भूकम्पबाट हुने जनधनको क्षति न्यून गर्न भवन निर्माण आचारसंहिताको पालनामा जोड दिएका छन् ।
भूकम्पबाट भएको क्षतिका बारेमा जानकारी लिन जापानबाट आएको उक्त टोलीले बढी प्रभावित क्षेत्र गोरखा, काठमाडाँै र सिन्धुपाल्चोकको स्थलगत अध्ययन गरेको थियो ।
भूकम्पबाट सिन्धुपाल्चोकमा ढुङ्गा र इँटामा माटोका जडान भएका पुराना अधिकांश घर क्षति भएकोे टोलीको निष्कर्ष छ ।भूकम्पबाट भएको प्रारम्भिक अध्ययनको क्षतिको विवरणसम्बन्धी आज यहाँ आयोजित गोष्ठीलाई सम्बोधन गर्दै नेकपा (एमाले)का नेता माधवकुमार नेपालले मुलुकले कुनै न कुनै रूपमा बर्सेनि प्राकृतिक विपत्ति र प्रकोपको सामना गर्नुपरिरहेको बताउनुभयो ।
जलवायु परिवर्तनको असर सबैभन्दा बढी हिमालमा परेको र नेपाललगायतका मुलुक जलवायु परिवर्तन र भूकम्पीय दृष्टिकोणबाट जोखिममा रहेका छन् भन्ने विश्व समुदायसमक्ष सन्देश प्रवाह गर्न आफ्नो नेतृत्वमा रहेको सरकारले मन्त्रिपरिषद्को बैठक कालापथ्थरमा गरेको स्मरण उहाँले गराउनुभयो ।
पूर्व मन्त्री एवम् नेकपा (एमाले)का नेता गङ्गालाल तुलाधरले भूकम्पबाट क्षति भएको बस्तीको पुनःनिर्माण गर्ने बेलामा जापानका विशेषज्ञबाट आएको सुझावलाई जनप्रतिनिधिले विशेष ध्यान पु¥याएर कार्यान्वयनमा लागू गर्नु हुने अपेक्षा राख्नुभयो ।
सो अवसरमा जापानका प्राध्यापक एवम् भूगर्भसम्बन्धी इन्जिनियर एम ओकामुराले भूकम्पबाट चर्किएका भौतिक संरचना र सडकमा भएको क्षतिको अध्ययनले आगामी वर्षामा जान सक्ने पहिरोबाट जोगिन अझ सचेत हुन आवश्यक रहेको बताउनुभयो ।भूगर्भ तथा भूकम्पसम्बन्धी अर्का इन्जिनियर एस मोरीले विश्व सम्पदा सूचीमा सूचीकृत नेपालका पुरातात्विक मठमन्दिर र दरबारको पुनःनिर्माण गर्ने र जोगाउने पाटोमा विशेष ध्यान पु¥याउन आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो ।
सो अवसरमा टोलीमा संलग्न अरु विज्ञहरूले भूकम्पले जर्जर बनाएका बस्तीमा वर्षायामको पानीसँगै फेरि ठूलो क्षतिको खतरा रहेकाले वर्षायाम सुरु हुनुअघि नै सुरक्षित स्थानमा बसोबासको व्यवस्था मिलाउन सुझाव दिएका छन् ।

तपाईको प्रतिक्रिया