Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडौँ- विशेष त्रिपालभित्र टेबुल छ । टेबुल नजिक मन्त्री र सचिवका नामअङ्कित कुर्सी छन् । टेबुलमा राष्ट्रिय झन्डा रहेको छ ।
यो दृश्य हो युवा तथा खेलकुद मन्त्रालयको ।
यही वैशाख १२ गतेको विनाशकारी भूकम्पले सिंहदरबारस्थित सो मन्त्रालयको भवन चर्काएपछि मन्त्रालय पालमुनि सञ्चालन हुँदै आएको छ । आज पालमुनि रहेको मन्त्रालयमा पुग्दा युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेल तथा सचिव दीपेन्द्रनाथ शर्मा बाहिर रहेको जानकारी दिइयो । पालमुनि रहेको मन्त्री र सचिवको कार्यालयको सामुन्ने अर्को पालमा सोफा राखिएका छन् ।
सो पालमा हाजिरी पुस्तिका, टेलिफोन र कम्प्युटर राखिएका छन् । सोही पालमा पुरुष कर्मचारी र दक्षिणतिर अवस्थित पालमा महिला कर्मचारी काम गरिरहेका देखिन्छन् । मन्त्रालयका शाखा अधिकृत रामकृष्ण श्रेष्ठले भन्नुभयो “अहिले मन्त्रालयबाट राहत र उद्धारका कामबाहेक अन्य काम भएका छैनन्, । मन्त्रालयबाट अति आवश्यक काम चलेका छन्, अन्य साधारण काम चलेका छैनन् ” उहाँले भन्नुभयो ।
पालमुनि नै भेटिएका अर्का शाखा अधिकृत चूडामणि बस्यालले मन्त्रालयका कर्मचारी सदाझैँ नियमित रुपमा आउने, हाजिर गर्ने, भएका काम सम्पादन गर्ने मात्र भएका छन्, मन्त्रालयमा अहिले काम लिएर कोही पनि आएको छैन भन्नुभयो ।
कमलपोखरीमा रहेको मन्त्रालय हालै मात्र सिंहदरबारमा सरेको थियो । सर्ने क्रम भूकम्प आउनु केही दिन अघि मात्र पूरा भएको मन्त्रालयले जनाएको छ । सो मन्त्रालय बस्नु अघि महिला तथा बालबालिका मन्त्रालय सो भवनमा रहेको थियो । सो भवन चन्द्र शमशेरको पुतली बगैँचाको नामले प्रसिद्ध रहेको छ ।
भवन भूकम्पका कारण पूरै चिरा परेकाले मन्त्रालयका लागि आवश्यक भवन सिंहदरबारभित्रै नै खोजी भइरहेको नायब सुब्बा बालहरि खनालले जानकारी दिनुभयो । रासस

तपाईको प्रतिक्रिया