Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडौं – नेपाल विद्यार्थी सङ्घले भूकम्प पीडितलाई त्रिपाल बेचेको भन्ने भ्रामक समाचार सम्प्रेषण गर्ने दुई अनलाइन विरुध्द आज मुध्दा दर्ता गरेको छ ।

नेपालपाटी अनलाइनका अध्यक्ष युवराज कार्की, प्रबन्ध निर्देशक सरिता निरौला र सम्पादक प्रेम गौतम र झिल्को अनलाइनका सम्पादक सीता अधिकारी र प्रबन्ध निर्देशक प्रकाश लामिछानेविरुध्द महानगरीय प्रहरी परिसर हनुमानढोका अपराध अनुसन्धान महाशाखामा विद्युतीय अपराध विरुध्दको मुध्दा दर्ता गरेको नेवि सङ्घका प्रवक्ता युपी लामिछानेले जानकारी दिनुभयो ।

नेपालपाटीले यही वैशाख २१ गते ‘नेवि सङ्घले विदेशीले दिएको त्रिपाल बेच्दाबेच्दै प्रहरी फन्दामा’ भन्ने शीर्षकमा र झिल्को अनलाइनले वैशाख १६, १७ गतेदेखि नै ‘सहयोग पाएको त्रिपाल समेत बेचियो’ भन्ने शीर्षकमा समाचार सम्प्रेषण गरिरहेको उहाँले बताउनुभयो ।

सङ्गठनलाई नै बदनाम गराउने तरिकाले समाचार सम्प्रेषण गरेको भन्दै उहाँले भन्नुभयो–‘यदि त्यसो गरेको भए प्रमाण ल्याउन म चुनौती दिन्छु ।’ सङ्गठनले भूकम्पपीडितका लागि विभिन्न खालका राहत कार्यक्रम गर्नेदेखि लिएर सडक बढार्ने काम समेत गर्दै आइरहेको उहाँले बताउनुभयो । ***

तपाईको प्रतिक्रिया