Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

नुवाकोट- प्रधानमन्त्री सुशील कोइरालाले भूकम्पबाट पीडित बनेकाहरुलाई राहत वितरणमा कुनै पक्षपान नगर्न आग्रह गर्नुभयो ।
भूकम्पको स्थलगत अवलोकनका लागि आज नुवाकोट पुग्नुभएका प्रधानमन्त्री कोइरालाले आपसी समझदारी र विश्वासले नै सङ्कटलाई समाधान गर्दै अघि बढ्नुपर्ने बताउनुभयो । ‘राष्ट्रिय सङ्कटको यस अवस्थामा हामी एक भएर सबै समस्या समाधान गर्छौं, हामी दलहरु पनि एक छौँ ”प्रधानमन्त्रीले भन्नुभयो, “कठिनभन्दा कठिन परिस्थितिमा हामीले समाधान खोजिरहेका छौँ, यो कठिन घडीबाट पनि हामी सफल हुन्छौँ ।”

प्रधानमन्त्री कोइरालाले भूकम्पपीडितले धेरै माग गरेको पाल पर्याप्त रुपमा आउने बताउँदै वर्षा लागिसकेकाले पालले मात्र झरी धान्न नसक्ने भएकाले भूकम्पपीडितलाई तत्कालका लागि जस्तापाता दिने योजना बनिरहेको बताउनुभयो । “भोलि नै घर बन्छ भनेर झुटो बोल्न पनि भएन, यो सम्भव पनि छैन, कमसेकम यो बर्खाको अवधि पार लगाउन के गर्ने भन्ने ध्यान दिनेछौैँ”, प्रधानमन्त्रीले भन्नुभयो, “वर्षापछि भूकम्प प्रतिरोधी घर निर्माणको योजना बन्नेछ ।”

प्रधानमन्त्री कोइरालाले राहत सामग्री वितरण सहज र समानुपातिक रुपमा वितरण गर्न निर्देशन दिनुभयो । “कुनै किसिमको पक्षपात नगरी, यो काँग्रेस, यो एमाले वा यो माओवादी भनेर पक्षपात नहोस्, कसैले औँलो उठाउन नपाओस्, हामीहरुकै बीचमा विभेद भएको कुरा आएमा राम्रो हुन्न”, उहाँले भन्नुभयो, “अरुसँग माग्नुपरेको अवस्था छ, कुन ठाउँमा बढी क्षति भएको छ, त्यहाँ प्राथमिकता दिनुपर्छ, आएको सबै सामग्री गाउँलेले उपभोग गर्न पाऊन् ।”

प्रधानमन्त्री कोइरालाले जिल्लाको भूकम्पले बढी असर पारेको भाल्चे गाविसको स्थलगत अनुगमनसमेत गर्नुभयो । सभासद् तथा काँग्रेस नेता अर्जुननरसिंह केसीले भूकम्पले घरबास गुमाएका नागरिकलाई तत्काल टहरो बनाएर बस्नका लागि हरेक परिवारलाई दुई बन्डल जस्ता उपलब्ध गराउन माग गर्नुभयो । प्रधानमन्त्रीका साथमा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहालको पनि सहभागिता रहेको थियो । रासस

तपाईको प्रतिक्रिया