काठमाडौं– जापानी राजदूत मासासी ओगावाले भूकम्प पीडितको पुनर्स्थापनामा सघाउने प्रतिबद्धता जनाएका छन् ।
उपप्रधान एवं स्थानीय विकास मन्त्री प्रकाशमान सिंहसँग बुधबार सिंहदरवारमा भएको भेटमा जापानी राजदूत ओगावाले भूकम्प पीडितको पुनर्स्थापनामा सघाउने प्रतिबद्धता जनाएका हुन् ।
उपप्रधानमन्त्री सिंहका प्रेस सल्लाहकार यूपी लामिछानेका अनुसार राजदूत ओगावाले पीडितको राहतका लागि जुनसुकै सहयोग गर्ने बताए ।
भूकम्पलगत्तै जापानले ठूलो आर्थिक सहायता घोषणा गरेको थियो ।