Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाण्डाै-नेपाल सरकारले मानवरहित विमान (ड्रोन) को उडानमा प्रतिवन्ध लगाएको छ । विनाशकारी महाभूकम्पपश्चात नेपाली अाकाशमा मानवरहित विमान (ड्रोन) को अत्यधिक प्रयोग भएको, त्यसले नेपालको बहुमूल्य सम्पदाको तस्वीर लिने, निषेधित क्षेत्रको सूचना तथा तथ्यांक संकलन गर्ने र नेपालबारे गलत सन्देश प्रवाहित भएको भन्दै ड्रोन उडानमा प्रतिवन्ध लगाएको हो ।No Dron

नेपाल सरकारको नागरिक तथा उड्यान मन्त्रालयले एक सूचना जारी गरी अध्ययन अनुसन्धान प्रयोजनको लागि नेपाल सरकारको सम्बन्धित निकायको स्वीकृतिमा नेपाल नागरिक उड्यान प्राधिकरणले तोकिदिएको हवाइ क्षेत्र र निर्धारण गरेको शर्तहरूको अधिनमा रहेर मात्र ड्रोन उडान गर्न सकिने जनाएको छ । अनुमति नलिइकन अनधिकृतरूपमा ड्रोन उडान गरेको पाइएमा कडा कारवाही गरिने पनि सूचनामा उल्लेख गरिएको छ । ***

तपाईको प्रतिक्रिया