Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडौँ- वैशाख १२ गते गएको विनाशकारी भूकम्पको धक्का कम हुँदै गएपछि जनजीवन पनि सामान्य हुँदै गएको छ ।

मङ्गलबार चार रेक्टर स्केलभन्दा माथिका तीन भूकम्प गएको थियो भने बुधबार बिहान भूकम्प नगएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

गत शनिबारदेखि हालसम्म चार रेक्टर स्केलभन्दा माथिका १४५ वटा भूकम्पको धक्का महसुस गरिएको र क्रमशः भूकम्पको धक्का कम हुँदै गइरहेको केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिनुभयो ।

भूकम्पको धक्का कम हुँदै जाँदा उपत्यकाको जनजीवन पनि सामान्य बन्दै गएको छ । इन्जिनियरको सल्लाहमा बस्न मिल्ने घरमा सर्वसाधारण बस्न थालेका छन् भने बस्न नमिल्ने घरमा वैकल्पिक व्यवस्थाको खोजीमा लागेका छन् ।

तपाईको प्रतिक्रिया