Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडौं– भन्सार छल्न नेपालको ठूलो टेलिकम कम्पनी एनसेलले बदमासी गरेको खुलासा भएको छ ।

चिनियाँ रेडक्रसका राहत सामाग्रीसँगै ल्याइएका एनसेलका दूरसञ्चारसँग सम्बन्धित उपकरणहरुको कागजातसमेत नभएपछि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल भन्सारले रोकेपछि बदमासी खुलेको हो । रेडक्रसले पठाएका उद्दार सामाग्रीमा एनसेलको सामानसमेत भेटिएको राजस्व सचिव नवराज भण्डारीले जानकारी दिए ।

भन्सार विभागका अनुसार रोकिएका ती सामानमा कार्टुनभन्दा केही ठूला करिब १३ वटा प्याकेट छन् । एनसेलका ती सामाग्री चाइना साउदन विमानबाट शनिबार ल्याइएका हुन् । सरकारले भूकम्प आएलगत्तै राहत सामाग्रीमा भन्सार शुल्क नलाग्ने व्यवस्था गरेको छ ।

तपाईको प्रतिक्रिया