Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडौं – बलिउड अभिनेता अक्षय कुमार अभिनित चलचित्र ‘गब्बर इज ब्याक’को प्रदर्शन चितवनमा रोकिएको छ ।

akshay-kumarयसअघि अक्षयले ‘गब्बर इज ब्याक’को पहिलो दिनको कमाई नेपालका भूकम्पपिडितहरुलाई दिने खबर विभिन्न सञ्चारमाध्यममा आएपनि पछि उनले उक्त खबरको खण्डन गर्दै सहयोग नगर्ने बताएका थिए । उनको सो अभिव्यक्तिले उनका नेपाली फ्यानहरु निकै दुःखी भएका थिए ।

महाभूकम्पका कारण राजधानी लगायत देशका विभिन्न स्थानका सिनेमा घरहरु बन्द भएतापनि चितवनमा भने कम प्रभाव परेकाले हलहरु सञ्चालनमा छन् । बलिउड नायक अक्षय अभिनित चलचित्रहरु बहिष्कार गर्ने माग उठिरहेकै बेला चितवनका गणेश चलचित्र मन्दिर र इन्द्रदेव हलमा भने चलचित्र ‘गब्बर इज ब्याक’ सोमबारदेखि प्रदर्शनमा आएको थियो ।

तर युवा संघ नेपाल, भरतपुरले ति हलहरुको नाममा पत्र काटेर चलचित्र नचलाइदिन आग्रह गरेपछि यसको प्रदर्शन रोकिएको छ । पत्रमा बलिउडका नायकहरुबाट पछिल्लो समय आएको विभिन्न अभिव्यक्ति कारण आफुहरुलाई विक्षिप्त बनाउने काम भएकाले चलचित्र प्रदर्शन रोकी सहयोग गर्न आग्रह गरिएको छ ।

yuwa-sangaयूवा संघ नेपालका उप-महानगर सम्मेलन आयोजक कमिटी भरतपुरका संयोजक सुरजकुमार शाहीको हस्ताक्षरसहितको पत्र हलमा पुगेको थियो । यो पत्र पाएपछि अक्षय कुमारको नयाँ चलचित्रको प्रदर्शन रोकिएको हो ।***

तपाईको प्रतिक्रिया