Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडौं- नेपालमा गएको महाभूकम्पको करीव एक हप्ता पछि मात्रै आफ्नो निर्वाचन क्षेत्रमा भूकम्पबाट पीडितहरूको स्थिति बुझ्न गएका नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालमाथि स्थानीयहरूले हातपात गरेको रहस्य खुलेको छ ।
महाभूकम्पबाट अत्याधिक प्रभावित क्षेत्रमध्यको साँखुको खुलालटार खाली हात निरीक्षणमा पुगेका नेपालमाथि स्थानीयहरूले केही पनि नलिइकन अाएको भन्दै केही युवाहरूले नेपालमाथि हातपात गरेको कुरा साँखुबाट ढिलोगरी प्राप्त खबरमा उल्लेख छ ।
अत्यधिक प्रभावित क्षेत्र भए पनि उद्धार र राहत पुर्‍याउन ढिलो गरेको भन्दै स्थानीयले नेता नेपालसँग आक्रोश पोख्दा त्यहाँको अवस्था तनावग्रस्त बनेको थियो । परिस्थितिलाई नियन्त्रणमा लिनका लागि महानगरीय प्रहरी वृत्त बौद्धका डीएसपी नरहरि जोशी २५ थान पाल लिएर त्यहाँ पुगेका थिए । डीएसपीले लगिदिएका केही थान पाल वितरण गरेर वरिष्ठ नेता नेपाल त्यहाँबाट बल्लतल्ल उम्मेका थिए ।
‘नेताज्यूलाई कसले हातपात गरेको ?’ भनेर प्रहरीले प्रश्न गर्दा ‘किन केही पनि नलिई आएको भन्दै उनीमाथि हामीले नै झम्टेका हौं’ भन्दै ती तनि जना युवा उफ्रिएका थिए । स्थिति तनावग्रस्त भएपछि प्रहरीले उनीहरुलाई त्यतिबेला पक्राउ गर्न सकेन । तर, अहिले चाहिँ महानगरीय प्रहरी वृत्त बौद्धले उनीहरुको खोजी गरिरहेको बताइएको छ ।
भूकम्प प्रभावित केही क्षेत्रहरुमा सरकारले समयमै उद्धारकार्य र राहत सामग्री पुर्याउन नसक्दा पीडितहरुमा आक्रोश बढिरहेको छ । धेरैजसो ठाउँमा ‘माधव नेपालकै हालत हुने’ त्रास बोकेर अधिकांश नेता र मन्त्रीहरु यतिबेला ‘भूमिगत’ भएका खबर खबर डबलीमा छ ।***

तपाईको प्रतिक्रिया