Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडौं- प्रधानमन्त्री सुशील कोइरालासँग बेलायतका कार्यबाहक राजदूत जोन र्यानकिन र अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी सहयोग नियोग (युएसएआइडी) का कार्यबाहक प्रशासक अल्फोन्सो लेनहार्टले प्रधानमन्त्री निवासमा बेग्लाबेग्लै भेटवार्ता गर्नुभयो ।
प्रधानमन्त्री कोइरालाले नेपालले अहिले अकल्पनीय प्राकृतिक विपत्तिको सामना गर्न परेको बताउनुभयो । उहाँले यो विपत्तिबाट नेपाली जनतालाई जोगाएर देशलाई विकासको पथमा लैजान विदेशी मित्र राष्ट्रहरुको सहयोग आवश्यक भएको बताउनुभयो । आफूले भ्रमण गरेका भूकम्प अति प्रभावित क्षेत्रका पीडितले ओत लाग्ने पाल, खाद्य सामान,चिसोबाट बच्ने ‘म्याट’,औषधिको माग गरेको बताउनुभयो । उहाँले पीडितहरुलाई पानी शुद्ध पार्ने ‘फिल्टर’को पनि आवश्यकता परेको उल्लेख गर्नुभयो ।
सो अवसरमा कार्यबाहक राजदूत ¥यानकिनले नेपालमा हालैको भूकम्पबाट भएको जनधनको ठूलो क्षतिप्रति बेलायती महारानी ,बेलायत सरकार,आफू र बेलायती जनताको तर्फबाट प्रधानमन्त्री कोइराला र उहाँमार्फत नेपाल सरकार र नेपाली जनतामा सहानुभूति र पीडित परिवारमा समवेदना प्रकट गर्नभएको थियो । बेलायत सरकारले भूकम्पपीडितका लागि दुई करोड २८ लाख पाउण्ड र बेलायतका जनताको स्वेच्छिक योगदानबाट ३ करोड ३० लाख पाउन्ड रकम सहयोग उपलब्ध गराउने जानकारी दिनुुभयो । उहाँले भूकम्परहित भवन बनाउन अन्तराष्ट्रिय समुदायसँग समन्वय गर्ने जानकारी पनि दिनुभयो ।
कार्यबाहक राजदूत र्यानकिनले बेलायतले राहत सामग्री वितरणमा सघाउन चिनुक हेलिकोप्टरको व्यवस्था गरेको बताउनुभयो । उहाँले ती हेलिकोप्टरले विश्व खाद्य कार्यक्रमबाट प्रदान गरिएका सामग्री भूकम्पपीडित स्थानमा चाँडो पु¥याउन सघाउ पुग्ने पनि बताउनुभयो ।
साथै उहाँले नेपाल र बेलायतबीचको कूटनीतिक दौत्य सम्बन्धको द्विशतवार्षिकी र नेपालमा बेलायती लगानी भित्र्याउने विषयमा पनि आफ्ना धारणा प्रस्तुत गर्नुभएको थियो । त्यसैगरी प्रधानमन्त्री कोइरालाले युएसएआइडीका कार्यबाहक प्रशासक लेनहार्टसँगको भेटमा आफू आज भूकम्पको केन्द्रबिन्दु गोर्खाको वारपाक,लाप्राकलगायत क्षेत्रको अवलोकन गरेर फर्केको बताउदै सबै पीडितका लागि पाल, खाद्य सामग्री, औषधि आवश्यक भएको बताउनुभयो । उहाँले भूकम्पपीडितलाई आवश्यक परेका सामग्रीको सूची परराष्ट्र मन्त्रालयले सबै राजदूतावासमा पठाएको जानकारी पनि दिनुभयो ।
पीडितहरूको अल्पकालीन व्यवस्थापन गर्न नसकिए उनीहरूलाई शीघ्र सुरु हुने बर्षाबाट जोगाउन कठिन हुने बताउँदै प्रधानमन्त्रीले गत बर्ष बाढी पहिरोबाट भएको जनधनको स्मरण गर्दै भूकम्पपीडितलाई बर्षा अगावै सुरक्षित स्थानमा राख्नु पर्ने चुनौती रहेको बताउनुभयो । प्रधानमन्त्री कोइरालाले तत्काल व्यवस्थापनपछि पीडितको पुनःस्थापना र पुनर्निर्माणको लागि सरकारलाई पुनः सहयोगको आवश्यकता पर्ने बताउँदै त्यसनिम्ति सरकारले रु दुई खर्बको कोष स्थापना गर्ने निर्णय गरेको र आफूले रु २० अर्बको बीउ पुँजी राखिसकेको बताउनुभयो ।
कार्यबाहक प्रशासक लेन्हार्टले नेपालमा हालै आएको विनासकारी भूकम्पबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै अमेरिकी सरकार र जनताको तर्फबाट राष्ट्रपति बाराक ओवामाले प्रधानमन्त्री कोइराला, नेपाल सरकार र पीडितप्रति सहानुभूति र समवेदना पठाउनु भएको बताउनु भएको थियो ।
उहाँले अमेरिकी सरकारले तत्कालका लागि एक करोड १० लाख अमेरिकी डलर उपलब्ध गराएको र दोस्रो चरणमा एक करोड ५० लाख डलर सहयोग गर्ने बताउनुभयो । उहाँले नेपालमा परेको विपत्तिको व्यवस्थापन गर्न तथा राहत र पुर्निर्माणलाई सघाउन सक्षम टोली नेपाल आएको जानकारी दिनुभयो । उहाँले भूकम्पपीडितलाई राहत, पुनःस्थापना र पुर्निर्माणको एकै लक्ष्यमा अन्य देशका सेनासँग काम गर्न अमेरिकी सेना पनि तयार रहेको बताउनुभयो । उहाँले अमेरिकाबाट आएका विमान राहत सामग्री ढुवानी गर्न उपयोगी हुने उल्लेख गर्दै विपत्ति छि जनजीवनलाई सामान्य अवस्थामा ल्याउन आफूहरु तयार रहेको बताउनुभएको थियो । दुवै भेटमा प्रधानमन्त्री कोइरालाका परराष्ट्र मामिला सल्लाहकार डा. दिनेश भट्टराई र नेपालका लागि अमेरिकी राजदूत पिटर बोडीको उपस्थिति थियो ।

तपाईको प्रतिक्रिया