Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

सिन्धुपाल्चोक- विनाशकारी भूकम्पबाट सिन्धुपाल्चोकमा मृत्यु हुनेको सङ्ख्या तीन हजार ६५६ पुगेको छ ।
भूकम्पबाट चार हजार ५८ जना घाइते भएका छन् । दुई नगरपालिका र ६८ गाविस रहेको यहाँको साँगाचोकमा सबैभन्दा बढी २६० जनाको मृत्यु भएको छ । स्थानीय विकास अधिकारी युवराज कटेलका अनुसार घाइते २१९ जनाको जिल्ला अस्पताल चौतारा र १७५ जनाको काठमाडौँका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । अन्य घाइतेको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको कटेलले बताउनुभयो । यसैगरी, पीडितलाई हेलिकोप्टर तथा सडकबाट राहत सामग्री उपलब्ध गराइरहेको कटेलले जानकारी दिनुभयो । “त्रिपाल अभाव भएको छ, यसले राहत वितरणमा कठिनाइ भइरहेको छ” उहाँले भन्नुभयो । दुर्गम गुम्बा, गोलचे, हगामलगायत गाविसमा आज सडकबाट तीन ट्रकमा राहत सामग्री पठाइएको छ ।

तपाईको प्रतिक्रिया