Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडौँ- युरोपेली आयोगले नेपाललाई एक करोड ६६ लाख युरो प्रदान गर्ने घोषणा गरेको छ ।
आयोगले प्रदान गर्ने उक्त रकम आगामी एक साताभित्र नेपाल सरकारलाई सोझै उपलब्ध गराइने आयोगको प्रधान कार्यालय ब्रसेल्सबाट आज अपराह्न जारी गरिएको विज्ञप्तिमा जनाइएको छ । वैशाख १२ गतेको भूकम्पपछि नेपाललाई आपत्कालीन सहायतास्वरुप आयोगले प्रदान गरेको ३०लाख युरो नेपाल सरकारलाई आज उपलब्ध गराइएको छ । भूकम्पपछि नेपालको स्थलगत निरीक्षण गरेर गएको आयोगको मानवीय व्यवस्थापन तथा विपत्ति व्यवस्थापन आयुक्त नेतृत्वको उच्च प्रतिनिधिमण्डलले नेपाललाई हरतरहले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको थियो । पछिल्लो सहायतासँगै युरोपेली आयोगले उपलब्ध गराएको रकम राशि दुई करोड २६ लाख युरो पुगेको छ

तपाईको प्रतिक्रिया