Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडौं– नेपालमा रहेका मुस्लिम समूदायका प्रतिनिधित्व गर्ने संघ संस्थाहरुले महाभूकम्पमा परि पीडित भएका सञ्चारकर्मीहरुलाई राहत वितरण गरेको छ ।

घण्टा घर स्थित जामे मस्जितमा आयोजित कार्यक्रममा ३५ जना पत्रकारहरुलाई १ बोरा चामल, १ थान कोरियन ब्लाङ्केट, १ थान त्रिपाल, ५ किलो दाल, ५ किलो चिनि, ५ लिटर तेल र १ पोका नुन सहितको राहत प्याकेज वितरण गरिएको हो । नेपाली जामे मस्जित, राष्ट्रिय मुस्लिम संघर्ष गठबन्धन र ईस्लामिक संघ नेपालले संयूक्त रुपमा संकलन गरेको राहत वितरण गरेका हुन ।

राहत वितरण कार्यक्रममा गठबन्धनका अध्यक्ष समिम अन्सारीले दुख र त्रासका अवस्थामा पनि नेपाली जनतालाई सूचना दिन खटेका पत्रकारहरुको भूमिका सरहानीय भएको भन्दै अरु भुकम्पपीडिततर्फ मात्रै मुलुकको ध्यान जाँदा पीडित पत्रकार समस्यामा परेकोले आफूहरुले अरु जनतासँगै पत्रकारहरुलाई पनि राहत वितरण गरेको बताए ।

तपाईको प्रतिक्रिया