Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडौँ- गत शनिबारदेखि गएको विनाशकारी भूकम्पको धक्का बिस्तारै कम हुँदै गइरहेको छ ।

आज बिहान ६:४९ मिनेट जाँदा नुवाकोट र धादिङ केन्द्र भई ४.४ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । सोमबार चार रेक्टर स्केलभन्दा माथिका नौवटा भूकम्प गएको थियो ।

यससँगै गत शनिबारदेखि हालसम्म चार रेक्टर स्केलभन्दा माथिका १४२ वटा भूकम्पको धक्का महसुस गरिएको र तुलनात्मक रूपमा भूकम्पका धक्का बिस्तारै कम हुँदै गइरहेको केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया