Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

टोकियो – तमु धीं जापानले आफ़्नो २० औं बार्षिकोत्सव अवसरमा आयोजना गरेको नेपथ्य लाइभ कन्सर्ट आज टोकियोमा हुँदै छ ।

नेपाली नयाँ वर्ष २०७२ तथा गोल्डेन वीकको अवसर पारेर यहि आज टोकियोको कामातामा हुन गईरहेको नेपथ्य लाइभ कन्सर्टका लागि उक्त ब्याण्डका चर्चित गायक अमृत गुरुङ लगायत ९ जना कलाकारहरु आइतबार टोकियो आईपुगेका हुन् ।

नेपालको प्रतिष्ठित साँगीतिक ब्याण्ड नेपथ्यका अमृत गुरुङले समुद्रपारीसंग कुरा गर्दै दुखको बेलामा जापानबासी नेपालीहरुसंग दुख साट्न आएको बताउनुभयो । नेपालको बिपत्तिमा सघाउने उध्देश्यले आयोजित कार्यक्रममा उपस्थित भईदिन उहाँले जापानमा बस्ने नेपालीहरुलाई आग्रह गर्नुभएको छ ।

उक्त कार्यक्रमबाट भएको आम्दानी नेपालको भूकम्प पीडितहरुको राहत कार्यमा खर्च गरिने तमु धींका अध्यक्ष भीम गुरुङले बताउनुभयो । उहाँले उक्त कार्यक्रममा उपस्थित भई हौसला बढाई दिन र महाभूकम्पबाट पीडितहरुको घाउमा मलम लगाउने कार्यमा सहयोग गर्न जापानको नेपाली समुदायमा हार्दिक अपिल गर्नुभएको छ ।

कार्यक्रम कामातास्थित आप्रिको हलमा अपरान्ह ४ बजेदेखि हुने बताईएको छ । ***

तपाईको प्रतिक्रिया