Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडौं– नेपाली सेनाको एनए ०३८ एमआइ १७ हेलिकप्टर दुर्घटनामा परेको समाचार सत्य नभएको धुन्चेस्थित सेनाको नारायण दल गणले जनाएको छ ।

उक्त हेलिकप्टरमा प्राविधिक समस्या भएको हो वा होइन भन्नेबारे परीक्षण गर्न अहिले धुन्चेस्थित सेनाको हेलिप्याडमा राखिएको छ । परीक्षणका लागि काठमाडौँबाट सेनाको प्राविधिक टोली अहिले धुन्चे आउँदै गरेको गणका जनपति प्रमुख सेनानी लक्ष्मण थापाले जानकारी दिनुभयो ।

केही बेर अघि हेलिप्याडमा रहेको एमआइ १७ हेलिकप्टरमा जङ्गलबाट उडेर आएको प्लाष्टिकको टुक्रा खसेको थियो । प्लाष्टिकले छोएपछि त्यसले असर पारे÷नपारेको थाहा पाउन हेलिकप्टर ‘स्ट्याण्ड’ गरिएको प्रमुख सेनानी थापाले बताउनुभयो ।

“प्राविधिज्ञले परीक्षण गरेपछि उद्धार र राहतको कार्यमा हेलिकप्टर प्रयोग गर्छौँ,” उहाँले भन्नुभयो । आज बिहान मात्रै एमआइ १७ हेलिकप्टरले धुन्चेबाट लाङटाङका लागि दुई पटक उडान भरेको थियो । उक्त हेलिकप्टरले धुन्चेबाट राहत र उद्धार टोली लाङटाङ पुर्‍याउने काम गर्दै आएको थियो ।

अहिले सिम्रिक एयरको हेलिकप्टर परिचालन गरी उद्धार र राहतको कार्य अघि बढाइएको छ ।

तपाईको प्रतिक्रिया