Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

home damageकाठमाडौं– वैशाख १२ गते गएको महाभूकम्पले ७ प्रतिशत घर भत्किएका छन् ।

जनगणना २०६८ सालका अनुसार नेपालका कुल ५४ लाख ७७ हजार २२४ घरधुरीमध्ये ७.११ प्रतिशत घर क्षति भएका छन् ।

सर्वसाधारणका एक लाख ९० हजार ६६४ घर पूर्णरुपमा क्षति भएका छन् भने एक लाख ७३ हजार ५४७ घर आंशिक क्षति भएको जनाइएको छ ।

यस अवधिमा १० हजार ६८० सरकारी घर तथा भवन पूर्णरुपमा क्षति भएका छन् भने १४ हजार ६७७ घर तथा भवन आंशिक क्षति भएका छन् ।

सबैभन्दा बढी सिन्धुपाल्चोक जिल्लामा दुई हजार ८२९ को मृत्यु भएका छन् भने काठमाडौंमा एक हजार २०२ जनाले ज्यान गुमाएका छन् ।

विनाशकारी भूकम्पबाट ७ हजार २७६ को मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ । विवरणअनुसार घाइतेको सङ्ख्या १४ हजार ३६२ पुगेको छ ।

तपाईको प्रतिक्रिया