Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

काठमाडौं– सोमबार बिहान ४ बजेर ५९ मिनेट जाँदा सिन्धुपाल्चोक केन्द्र भएर ४.२ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

यससँगै गत शनिबारदेखि हालसम्म चार रेक्टर स्केलभन्दा माथिका १३४ वटा भूकम्पको धक्का महसुस गरिएको र तुलनात्मक रूपमा भूकम्पका धक्का क्रमशः कम हुँदै गइरहेको केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार भूकम्पको धक्का तुलनात्मक रुपमा क्रमशः न्यून हुँदै गएको छ । छ रेक्टर स्केलभन्दा मुनिका भूकम्पले कुनै असर नगर्ने भएकाले ससाना धक्का आउँदा आत्तिनुपर्ने अवस्था छैन । ठूलो रेक्टर स्केलको भूकम्प आएको हुनाले ससाना धक्का महिनौंसम्म जान सक्छ ।

तपाईको प्रतिक्रिया