Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

युएई– आगामी मे २१ मा दुबईमा हुन लागेको ‘नेपथ्य लाइभ कन्सर्ट’ कार्यक्रम महाभूकम्पमा परेका नेपालीलाई समर्पित गर्दै संकलित सम्पूर्ण मुनाफा च्यारेटी गर्ने भएको छ ।

‘नेपथ्य लाइभ कन्सर्ट’ कार्यक्रमका आयोजक जश पाइजा र राजन अधिकारीले एक विज्ञप्ति निकाल्दै उक्त जानकारी दिनुभएको हो । विज्ञप्तीमा प्राकृतिक विनाशको जनधनको क्षतिपछि आवश्यक राहत, उद्धार र पुनर्स्थापना कार्यमा सहयोग गर्न युएईमा स्थापना भएको महाभूकम्प दैविप्रकोप राहत उद्धार समिति, युएई मार्फत सबै मुनाफा दिने उल्लेख छ ।

राष्ट्रि ओतप्रोतको भावनाले राहतका लागि नेपथ्यले संगीत यात्रा थाल्ने जनाएको छ । नेपथ्यले देश शोकमा डुबेको बेला आफ्ना पूर्व निर्धारित तथा आगामी कार्यक्रमलाई भूकम्प पीडितको राहत संकलन तथा त्यसबारे जनचेतना अभियानमा समर्पित गर्ने बताएको छ ।

आयोजकले बिज्ञप्ति निकाल्दै देश रोहेको बेला हाम्रो आँशुलाई शक्तिमा बदल्न पुर्ब्निधारित सांगीतिक कार्यक्रम स्थगित नगरिएको बताएको छ । उनीहरुले नेपथ्य ब्याण्ड दुबईमा व्यवसायिक सोचेर कार्यक्रम आयोजना गरेको भएपनि अब विशुद्ध च्यारिटी केन्द्रित हुने जनाएका छन् ।

तपाईको प्रतिक्रिया