Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

काठमाडौँ- अर्थमन्त्री डा रामशरण महतले नेपालको छ दशक लामो विकास यात्रामा विकासका साझेदारहरूको भूमिका महत्वपूर्ण रहेको बताउँदै सङ्कटको वर्तमान घडीमा त्यो अझ सुदृढ तुल्याउनुपर्नेमा जोड दिनुभएको छ ।

अजरबैजानको बाकुमा आयोजित ‘नेपाल साझेदारी मञ्च’ लाई सम्बोधन गर्दै उहाँले भारी वित्तीय सहायता, प्राविधिक सल्लाह, विश्वव्यापी रुपमा उपयोग भइरहेका ज्ञान र सीप नेपाललाई अपरिहार्य भएको बताउनुभयो । नेपालको पुनः निर्माणप्रति सरकार र नेपाली जनता प्रतिबद्ध रहेका भन्दै उहाँले अबको नेपालको पुनः निर्माण सुदृढ हुने बताउनुभयो । उहाँले भन्नुभयो– सङ्कटको यो घडीमा हामीलाई अन्तर्राष्ट्रिय समुदायको साथ र सहयोग चाहिएको छ जुन हाम्रो विकास यात्रामा छ दशकदेखि जारी छ ।

भूकम्पबाट तहस नहस भएको आफ्नो मुलुकको पुनः निर्माणका लागि दुई अर्ब अमेरिकी डलरको राष्ट्रिय पुनःनिर्माण कोष स्थापनाको निर्णय भएको र आफ्नै स्रोतबाट सरकारले २० करोड डलर खर्चेर नाशिएका महत्वपूर्ण पूर्वाधारको पुनः निर्माण गर्ने योजना सुनाउनुभयो । मानवीय सहायता तथा राहतका कार्यक्रम सञ्चालन गर्न नेपाललाई थप ५० करोड डलर आवश्यक परेको जानकारी दिँदै अर्थमन्त्रीले ध्वस्त भएका संरचनाको पुनः निर्माण, वित्तीय आवश्यकतालगायत चाहिने स्रोत–साधनको विवरण सङ्कलन भइरहेको बताउनुभयो ।

तपाईको प्रतिक्रिया