Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

काठमाडौँ- सरकारले भूकम्पपीडितलाई एकद्वार प्रणालीबाट मात्र राहत वितरण हुनुपर्ने बताउँदै आइरहेका बेला प्रमुख तीन राजनीतिक दलले भने सबैलाई राहत वितरण गर्न दिनुपर्नेमा सहमति गरेका छन् ।

विनाशकारी भूकम्पबाट प्रभावित क्षेत्रमा अझैसम्म पनि राहत सामग्री नपुगेको गुनासो आएपछि त्यस सम्बन्धमा छलफल गर्न आइतबार प्रधानमन्त्री निवास वालुवाटारमा बसेको नेपाली काँग्रेस, नेकपा (एमाले) र एकीकृत नेकपा (माओवादी) का शीर्ष नेताहरुको बैठकले उक्त सहमति गरेको हो ।

बैठकले राहत सामग्री नदोहोरिने गरी भूकम्प प्रभावित क्षेत्रमा आवश्यकताअनुसार इच्छुक सबैले राहत सामग्री वितरण गर्न दिनुपर्नेमा सहमति गरेको पूर्व प्रधानमन्त्री एवम् काँग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले बताउनुभयो ।

एकद्वार प्रणालीबाट मात्र राहत सामग्री वितरण गर्दा ढिलासुस्ती हुने भएकाले आवश्यकताअनुसार सरकारको समन्वयमा इच्छुक सबैले भूकम्प प्रभावित क्षेत्रमा राहत सामग्री वितरण गर्नसक्ने नेता देउवाको भनाइ थियो ।

राहत सामग्री वितरणलाई कसरी प्रभावकारी बनाउने र व्यवस्थापिका-संसद्को यही वैशाख २४ गते बस्ने आगामी बैठकलाई कसरी अगाडि बढाउने भन्ने सम्बन्धमा सकारात्मक छलफल भएको बैठकपछि एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालले सञ्चारकर्मीलाई जानकारी दिनुभयो ।

बैठकमा भूकम्प प्रभावित क्षेत्रमा उद्धार, राहत, पुनर्वास र पुनःनिर्माणको कार्यलाई सरकारले प्रभावकारी रुपमा अघि बढाउनुपर्ने विषयमा छलफल भएको एमालेका उपाध्यक्ष विद्यादेवी भण्डारीले बताउनुभयो ।

राहत वितरणमा ढिलाइ किन भन्ने जिज्ञासामा उपाध्यक्ष भण्डारीले एक्कासि अकल्पनीय घटना घटेका कारण र भौगोलिक जटिलताले भूकम्प प्रभावित केही दुर्गम क्षेत्रमा राहत सामग्री पुर्‍याउन कठिनाइ भए पनि विस्तारै सामान्य हुँदै गएको जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया