Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

काठमाडौं– भूकम्पमा परी घाइते भएकी महिलालाई उपचार गर्ने क्रममा यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले वीरगन्जको नेसनल मेडिकल कलेजका रेडियोलोजिस्ट निशान्त यादवलाई नियन्त्रणमा लिएर मुद्दा चलाएको छ ।

मेडिकल कलेजको एमआरआई वार्डमा कार्यरत रेडियोलोजिस्ट यादवविरुद्ध प्रहरीले शनिबार पीडित महिलाको जाहेरीका आधारमा मुद्दा चलाइको हो । पीडित महिलाले प्रहरीमा दिएको जाहेरीमा यादव जबरजस्ती करणी गर्न खोजेको उल्लेख छ ।

आरोपित यादव जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा छन् । सर्लाही घर भएकी महिलाका पति नेपाली सेनाका जवान हुन् ।

तपाईको प्रतिक्रिया