Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

काठमाडौँ- विनाशकारी भूकम्पमा परी हालसम्म मुलुकभर सात हजार ४० जनाको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ ।

मन्त्रालय मातहतको राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्रका अनुसार भूकम्पबाट घाइते हुनेको सङ्ख्या १४ हजार ३९८ पुगेको छ ।

भूकम्पका कारण १० हजार ४७७ सरकारी घर तथा भवन पूर्णरुपमा क्षति भएका छन् । आंशिकरुपमा १४ हजार १६८ घर तथा भवन क्षति भएका छन् ।

सर्वसाधारणका एक लाख ४१ हजार २३३ घर पूर्ण क्षति भएका छन् भने आंशिक एक लाख ४९ हजार ६५९ घर क्षति भएका छन् ।

पूर्वाञ्चलमा ५२, मध्यमाञ्चलमा छ हजार ३६९, पश्चिमाञ्चलमा ४१८ र मध्यपश्चिमाञ्चलमा दुई जनाको मृत्यु भएको केन्द्रले जनाएको छ ।

सिन्धुपाल्चोकमा दुई हजार ५८०, नुवाकोटमा ६५९, गोरखामा ४१०, काभ्रेमा ३११ र रसुवामा ३०६ जनाको मृत्यु भएको छ ।

तपाईको प्रतिक्रिया